images
images
  • मन्त्री कुलमान उज्यालो नेपाल पार्टीमा प्रवेश गर्न लागेका हुन् ?

    काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ गठन भएको उज्यालो नेपाल पार्टीसँग आफू संवादमा नरहेको स्पष्ट पारेका छन् ।

    ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा केही दिनअघि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको उक्त पार्टीसँग आज भर्चुअल बैठक हुने हल्ला चलेको थियो, तर मन्त्री घिसिङले त्यसमा सहभागी नहुने बताए ।

    घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा तत्कालीन ओली सरकारले अपमानजनक तरिकाले हटाएपछि उज्यालो नेपाल अभियान सञ्चालन गरेका थिए ।

    अहिले उनी ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् ।

    उज्यालो नेपाल पार्टीले उनको तस्बिर प्रयोग गर्दै प्रचार गरेको भए पनि घिसिङले आफू यसमा संलग्न नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images