images
images
  • रातको समयमा काठमाडौंमा आवातजावत नगर्न स्थानीय प्रशासनको आग्रह

    काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म भारी वर्षाको चेतावनी दिँदै राति अनावश्यक रूपमा काठमाडौं आवतजावत नगर्न आग्रह गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार, विपद् अवस्था आएमा जिल्ला प्रहरी परिसरसँग सम्पर्क गर्न सुझाव दिइएको छ ।

    जल तथा मौसम पूर्वानुमान अनुसार, जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो र भू-क्षय हुन सक्ने सम्भावना रहेकाले सबैले असोज २० गतेसम्म आ-आफ्नो स्थानमा रहेर सतर्कता अपनाउन र लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images