images
images
  • यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम उच्च, सतर्क रहन आग्रह

    काठमाडौं- जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा बहने नदी तथा खोला तीव्र बाढीको जोखिम बढ्ने अनुमान गर्दै सतर्क रहन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार आगामी तीन दिनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू सहित कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्तीको बहाव बढ्ने सम्भावना छ ।

    ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बाग्लुङ, मनाङ, गोरखा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया र आसपासका स–साना नदीमा मध्यम स्तरको आकस्मिक बाढीको जोखिम छ ।

    इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहुँ, स्याङजा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर लगायतका जिल्लामा बहने स–साना नदीको जलस्तर बढ्ने र मध्यम जोखिम रहने चेतावनी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images