images
images
  • रूस-युक्रेनले १८५ युद्धबन्दी गरे साटफेर

    मस्को- रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेका छन् ।

    रुसको रक्षा मन्त्रालयका अनुसार यस क्रममा २० जना सर्वसाधारण पनि मुक्त भएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आदानप्रदानको पुष्टि गर्दै मुक्त गरिएका व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध हुने बताएका छन् ।

    उनका अनुसार, आक्रमण सुरु भएदेखि ७ हजारभन्दा बढी नागरिकलाई घर फर्काइएका छन्.।

    गत मे–जुलाईमा इस्तानबुलमा भएको वार्तापछि पनि ठूलो संख्यामा कैदी आदानप्रदान भएको थियो ।

    युद्धबीच दुवै पक्षले मृत सैनिकहरूको स्वदेश फिर्तीका लागि नियमित चरण सञ्चालन गर्दै आएका छन् ।

    सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता दुबै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, तर आधिकारिक हताहत विवरण भने सार्वजनिक गरिएको छैन । -रासस/एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images