हेटौंडा- काठमाडौं जोड्ने दुई सडकमा तीन दिनसम्म रातिको समयमा सवारीसाधन सञ्चालन रोक लगाइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गरेको सूचनाअनुसार असोज १७ देखि २० गतेसम्म कान्तिलोकपथमा बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडा–भैसे–काठमाडौं सडकमा बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात बन्द रहनेछ ।
जल तथा मौसम विभागले दिएको पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले पहिरो र बाढीको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।
प्रजिअ श्रेष्ठले अत्यावश्यकबाहेक रातिको यात्रा नगर्न आग्रह गर्दै स्थानीय तहलाई सतर्क रहन र सम्भावित विपद् पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















