images
images
  • यी हुन् पूर्णरूपमा बन्द भएका ५ राजमार्ग (सूचीसहित)

    काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण शुक्रबार (असोज १७) देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीले दिएको जानकारीअनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका सडक अवरुद्ध रहँदा यातायात प्रभावित भएको छ ।

    आज बिहान ७ बजेसम्मको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोसी राजमार्ग बन्द छ ।

    बरुणमा ताजा पहिरो खसेको र एकुवा खण्ड भने लामो समयदेखि नै रोकिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण सडक खोल्न नसकिएकोले नेपाल–चीन नाका अवरुद्ध छ ।

    पासाङल्हामु राजमार्गमा पर्ने पुलसमेत बन्द हुँदा व्यापारिक आवागमन प्रभावित भएको छ ।

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, चारकिल्लामा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

    557306435 1118223617106827 6963983558226345549 n 1759458047

    प्रतिक्रिया दिनुहोस्
    images
    images