images
images
  • २०१७ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग

    काठमाडौं– नेकपा (मसाल) ले २०१७ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति र भ्रष्टाचार छानबिन गर्नुपर्ने माग गरेको छ ।

    पार्टीका महामन्त्री मोहनविक्रम सिंहले असोज १४ मा सम्पन्न केन्द्रीय कार्यालयको बैठकपछि वक्तव्य जारी गर्दै यो माग अघि सारेका हुन् ।

    वक्तव्यमा भनिएको छ कि भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र विध्वंसका जिम्मेवारमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन हुनु आवश्यक छ ।

    पार्टीले गृह मन्त्रालयले कारबाही नगर्ने निर्देशन दिएको प्रति आपत्ति जनाएको छ ।

    सिंहले सेनाको भूमिकाको समीक्षा गर्दै काठमाडौं महानगरपालिकाले आगो निभाउन ढिला गरेको प्रश्न उठाएका छन् ।

    साथै, पार्टीले भ्रष्टाचार र कुशासनका लागि जिम्मेवार व्यक्तिको सम्पत्तिको छानबिन गरी कारबाही गर्नुपर्ने आवश्यकता जोड दिएको छ ।

    मसालका अनुसार, २०४६ सालदेखि सार्वजनिक पदमा रहेका मात्र होइन, २०१७ सालदेखि नै पदमा रहेका सबैको छानबिन गरेपछि मात्रै भ्रष्टाचारको वास्तविक तस्वीर देशसामु आउनेछ ।

    पार्टीले विदेशी र देशभित्रका निहित स्वार्थले जेनजी आन्दोलनको प्रयोग गरेको भन्दै सचेत रहन जनतालाई आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images