
काठमाडौं- जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) राजधानीसहित देशभर आगजनी हुँदा काठमाडौं महानगरले समयमै दमकल नपठाएको आरोपमा मेयर बालेन्द्र साह (बालेन) आलोचनामा परेका छन् ।
तर महानगर प्रहरी प्रमुख राजु पाण्डे भने उनको पक्षमा उत्रिएका छन् ।
असोज २ गते पत्रकार सम्मेलनमा पाण्डेले ढिलाइका कारण स्पष्ट पारेका थिए भने बुधबार सामाजिक सञ्जालमा फेरि प्रतिक्रिया दिँदै ‘सिंहदरबारमा सबैभन्दा पहिले काठमाडौं महानगरकै दमकल पुगेको’ दाबी गरे ।
राजधानीमा संसद्, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्री निवाससम्म आगजनी भएको संवेदनशील परिस्थितिमा महानगर निष्क्रिय भएको आरोप लागे पनि पाण्डेले भने महानगरले समयमै भूमिका निभाएको भन्दै बालेनमाथिका आरोप असत्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस्