images
images
  • पहिलो पटक ट्रम्प सरकार सटडाउन

    काठमाडौं- अमेरिकामा मध्यरात बजेसँगै कंग्रेसले अस्थायी कोष योजना पारित गर्न नसकेपछि संघीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । सन् २०१९ पछि पहिलो पटक सरकार बन्द भएको हो ।

    दुवै पार्टीका नेताहरू एकअर्कामाथि दोषारोप गरिरहेका छन् । रिपब्लिकनले सात हप्ताका लागि कोष विस्तार गर्न डेमोक्रेटको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डेमोक्रेटहरूले आवश्यक सहुलियतबिनाको प्रस्ताव अस्वीकार गरेका छन् ।

    डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई जिम्मेवार ठहराएका छन् ।

    यस बन्द कति लामो हुने भन्नेबारे अनिश्चितता छ । रिपब्लिकनहरूले पेश गरेको प्रस्तावमाथि भोलि पुनः मतदान हुने बताइएको छ, र आवश्यक समर्थन नआएसम्म दैनिक रूपमा प्रस्तुत गर्ने चेतावनी दिएका छन् ।

    सरकारी बन्दका कारण लाखौँ संघीय कर्मचारी अवकासमा पठाइनेछन्, जबकि आवश्यक सेवामा काम गर्नेहरूले तलब रोकिने अवस्थासम्म निरन्तर काम गर्नुपर्नेछ । केही कर्मचारी भने कंग्रेसको प्रत्यक्ष बजेटमार्फत वित्तपोषित भएकाले तलब पाउनेछन् ।

    आवश्यक सेवाहरू जस्तै सुरक्षा कार्य जारी रहनेछन्, तर अघिल्ला बन्दहरूमा जस्तै अध्यागमन सुनुवाइ रद्द हुने, संघीय ऋण वितरण ढिलो हुने र विभिन्न क्षेत्रमा अवरोध उत्पन्न हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images