images
images
  • मेलामा ग्याङ फाइट, १ जनाको मृत्यु

    काठमाडौं- वीरगञ्जको दसैँ मेलामा मंगलबार राति भएको ग्याङ फाइटमा एक युवकको मृत्यु भएको छ ।

    गीता मन्दिर नजिकै दुई समूहबीच सुरु भएको झगडामा २० वर्षीय गोल्डेन नामक युवक घाइते भएका थिए र नारायणी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अनुसन्धान जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images