मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली ६.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। अमेरिकाको भूगर्भीय सर्वेक्षण (USGS) अनुसार भूकम्पको केन्द्र बोगो शहर नजिक थियो। लगातार परकम्पका कारण स्थानीय बासिन्दा रातभर बाहिर बस्न बाध्य भएका थिए।
घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमा उपचार गर्नुपरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण परिषद्का अनुसार कम्तीमा २२ भवन क्षतिग्रस्त भएका छन्। उद्धारकर्ताहरूले घाइतेहरूलाई १०० किलोमिटर टाढा रहेको सेबु शहरका अस्पतालमा सार्नुपरेको बताएका छन्।
भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनमा समेत क्षति पुगेको छ। यद्यपि प्यासिफिक सुनामी चेतावनी केन्द्रले कुनै सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ।
फिलिपिन्स ‘रिङ अफ फायर’मा पर्ने भएकाले यहाँ दैनिक हल्का भूकम्प अनुभव हुने गर्दछ, तर यस प्रकारको शक्तिशाली भूकम्पको सटीक भविष्यवाणी अहिले सम्भव छैन।


विश्व खबर 




















