images
images
  • दशैं सुरु भएसँगै ६ लाख मानिसले छाडे काठमाडौं, खाली बन्दै सडक

    काठमाडौं- बडादशैं सुरु भएपछि बुधबार (असोज १५) बिहानसम्म ६ लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

    घटस्थापनायता सडकमार्ग भएर ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं उपत्यका छाडेका प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले यात्रुको चाप बढेसँगै १४ ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको जानकारी दिए ।

    यति बेला काठमाडौ उपत्यकामामा हिजोअस्तिको तुलनामा ५० प्रतिशतभन्दा कम सवारीसाधन चलेको उनले बताए ।

    मठमन्दिरमा भीडभाड रहेको र अन्यत्र काठमाडौंका सडक खाली भएको एसपी सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images