images
images
  • बालेन पश्चिमाका गोटी हुन् : दुर्गा प्रसाईं

    काठमं- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई जेन-जी आन्दोलनमा ‘पश्चिमी स्वार्थको गोटी बनेर पर्दा पछाडिबाट राजनीति खेलेको’ आरोप लगाएका छन् ।

    दशैं-तिहार-छठको शुभकामना सन्देशमा उनले आन्दोलन सुरुमा सार्थक देखिए पनि पछिल्लो चरणमा पश्चिमी हस्तक्षेपले बिगारेको दाबी गरे ।

    सिंहदरबार र सर्वोच्च अदालतजस्ता ऐतिहासिक सम्पदामा आगजनी हुनु दुःखद भन्दै प्रसाईँले त्यस्तो बेला नगरप्रमुख र कर्मचारी मौन बस्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

    उनले बारबरा फाउन्डेशनमार्फत नेपालमा पश्चिमी प्रभाव प्रवेश गरेको चेतावनी दिँदै बालेनले छात्रवृत्ति, एम्बुलेन्स वितरण र सडकबत्तीलाई निजी उपलब्धि झैं प्रचार गरेको आरोप पनि लगाए ।

    सिंहदरबारमा भएको आगजनी ‘इतिहासमा अपराधका रूपमा दर्ज हुने घटना’ भन्दै प्रसाईँले जनतालाई सचेत रहन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images