images
images
  • पानी पार्ने बादल सक्रिय : भीषण वर्षासँगै हिले दशैं बन्ने सम्भावना

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि मनसुन थप सक्रिय हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    दसैँ विशेष मौसम बुलेटिनमार्फत विभागले बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणाली नेपालतर्फ सर्ने भएकाले वर्षा बढ्ने जानकारी दिएको हो ।

    मौसमविद् विनु महर्जनका अनुसार १७ गतेदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि तीव्र हुने सम्भावना छ ।

    यस दिन यी प्रदेशका पहाड र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भने भारी वर्षा हुने देखिन्छ ।

    असोज १८ र १९ गते देशका धेरै भागमा वर्षा हुने अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा र कतिपय क्षेत्रमा अतिभारी वर्षाको समेत सम्भावना छ ।

    दसैँ अवधिभर मनसुनी वायु सक्रिय हुने भएकाले बाढी, पहिरो, भू–क्षय तथा यातायात अवरुद्ध हुने जोखिम रहेको विभागले चेतावनी दिँदै समयमै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images