images
images
  • गाजा शान्तिवार्ता नगर्ने पक्षमा हमास, ट्रम्पले दिए ४ दिने अल्टिमेटम

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति प्रस्तावबारे निर्णय गर्न हमासलाई ‘तीन-चार दिन’ मात्र समय रहेको चेतावनी दिएका छन् ।

    ह्वाइट हाउसमा उनले इजरायल र अरब देशहरूले समर्थन गरिसकेको २० बुँदे प्रस्ताव प्रस्तुत गर्दै हमासले स्वीकार नगरे ‘दुःखद परिणाम’ हुने चेतावनी दिएका हुन् ।

    प्रस्तावमा तत्काल युद्धविराम, बन्धकहरूको रिहाइ, चरणबद्ध इस्रायली फिर्ती, हमासलाई हतियार बिसाउने व्यवस्था र अन्तर्राष्ट्रिय अस्थायी बल खटाउने प्रावधान छन् ।

    तर गाजाको प्रशासनमा हमासलाई स्थान नदिइने र आत्मसमर्पण गर्ने सदस्यलाई आममाफी दिइने उल्लेख छ ।

    साथै विस्थापित फर्काउने, अस्थायी सरकार गठन गर्ने र बासिन्दालाई नहटाउने सुनिश्चितता गरिएको छ ।

    कतारले हमास वार्ता टोली प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ भने कतारी प्रधानमन्त्रीले केही बुँदामा स्पष्टता र छलफल आवश्यक रहेको बताएका छन् ।

    फतह नेता अब्बास जकीले यसलाई ‘समर्पणको कागज’ भन्दै आलोचना गरेका छन् ।

    संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

    तर कतारस्थित प्राध्यापक सुलतान बराकतले यसले हमासलाई सुरुदेखि नै प्रभाव गुमाउन बाध्य बनाउने भन्दै समस्याग्रस्त प्रस्ताव भएको टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images