काठमाडौं- फिलिपिन्समा मंगलबार राति गएको ६.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रविन्दु सेबु प्रान्तको बोगो नजिक पालोम्पोन क्षेत्रमा रहेकाले मध्य फिलिपिन्सभरि हल्लाएको थियो ।
स्थानीय उद्धारकर्मीका अनुसार, बोगोमा मात्रै १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् ।
त्यहाँ एक घर पहिरोले पुरिँदा तीन जनाको ज्यान गएको बताइएको छ । सान रेमिगियो नगरपालिकामा पाँच जना र ताबुएलानमा एकजनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
साथै, सान रेमिगियोको खेलकुद केन्द्रमा छत भत्किँदा चार जना मारिएका छन्, जसमा तीन कोस्टगार्ड सदस्य थिए ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले अहिलेसम्म ३७९ परकम्प महसुस भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















