images
images
  • दशैंमा २ दिन नेपाली दूतावास बन्द

    काठमाडौं- विदेशस्थित नेपाली दूतावास र नियोगहरू आगामी असोज १५ गते (महानवमी) र १६ गते (विजयादशमी/टीका) गरी दुई दिनका लागि बन्द हुने भएका छन् ।

    नेपाल राजपत्रअनुसार दूतावासहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदासहित वार्षिक अधिकतम १८ दिनसम्म विदा लिन पाउने व्यवस्था छ ।

    यस अवधिमा दूतावासहरूले आवश्यक परे अत्यावश्यक सेवा भने उपलब्ध गराउने जनाएका छन् ।

    यद्यपि, यूएईस्थित नेपाली दूतावासले भने तीन दिन विदा दिने जनाएको छ भने अन्य देशका दूतावासहरूले आफ्नो आवश्यकता अनुसार विदा मिलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images