images
images
  • पोहोर असोजमा भएको भीषण वर्षा जस्तै वर्षा हुँदै, सतर्क रहन आग्रह

    काठमाडौं- मौसमविद्हरूले यो असोजमा पनि पोहोरझैँ भीषण वर्षा हुने सम्भावना रहेको बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार असोज १७ देखि २१ (अक्टोबर ३–७) सम्म ३–४ दिनसम्म भारी वर्षा पर्न सक्ने देखिएको छ ।

    उनले सामाजिक सञ्जालमार्फत किसानलाई सचेत रहन आग्रह गर्दै समयमै जानकारी दिनुपर्ने बताए ।

    उनका अनुसार बुधबारदेखि हल्का वर्षा सुरु भई बिहीबार रातिदेखि विशेषगरी पूर्वी नेपालमा ठूलो वर्षा हुने अनुमान छ ।

    मौसम पूर्वानुमान शाखाले पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    गत वर्ष असोज १०–१३ गतेसम्म देशभर व्यापक वर्षा भएको थियो भने भारतले असोज १७–१९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहारमा पनि भारी वर्षाको चेतावनी जारी गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images