images
images
  • दशैं मनाउन काठमाडौं उपत्यकाबाट ५ लाखभन्दा बढी फर्किए गाउँ

    काठमाडौं- दशैं पर्व नजिकिँदै जाँदा राजधानी काठमाडौँ उपत्यका छाड्नेको संख्या तीव्र रूपमा बढेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि सोमबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जना उपत्यका बाहिरिएका छन् ।

    यात्रुको बढ्दो भीड व्यवस्थापन गर्न प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार सवारी नाकामा थप ट्राफिक प्रहरी खटाइएको छ ।

    उनले यात्रु सहजताका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली सक्रिय रहेको जनाएका छन् ।

    ‘सडकमा २४ घण्टा ट्राफिक प्रहरी खटिएका छन्,’ अधिकारीले जानकारी दिए ।

    यस्तै, दसैंको सुरु भएयता उपत्यकामा ७२ हजार ४१ सवारी साधनमार्फत २ लाख ८५ हजार ३ सय ८ जना भित्रिएका पनि ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images