images
images
  • जेन्जी आन्दोलन : आगजनी र तोडफोडमा संलग्न कसैलाई कारबाही नहुने, पक्राउ परेका आज छुट्दै

    काठमाडौं- भदौ २३–२४ मा जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका २३ जनालाई आज परिवारको जिम्मामा छाडिने भएको छ ।

    ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूलाई मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइए पनि, दसैँजस्ता चाडपर्वमा गम्भीर अपराधबाहेकका अभियुक्तलाई अस्थायी रूपमा छाड्ने प्रचलनअनुसार निर्णय गरिएको हो ।

    उनका अनुसार छाडिएका व्यक्तिहरूलाई चाडपर्वपछि पुनः फर्काइने व्यवस्था गरिएको छ ।

    यसअघि आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्नको फोटो–भिडियो संकलन गरेर प्रहरीले कारबाही अघि बढाएको भए पनि, पक्राउ नगर्न गृह मन्त्रालयबाट दबाब आएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images