काठमाडौ- वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।
विभागका महानिर्देशक कमल भट्टराईका अनुसार, उपसचिवसहित सात जना कर्मचारी डेडिकेटेड भएर आवेदन पेश गर्नेहरूको लागि स्वीकृति जारी गर्नेछन् ।
भिसा प्राप्त र टिकट काटिसकेकाहरूलाई दशैंमा समेत श्रम स्वीकृति नपर्ने समस्या नहोस् भनेर व्यवस्था गरिएको हो ।
आवेदन अनलाइनमार्फत आवश्यक कागजातसहित पेश गर्नुपर्छ; कागजात पूरा नभए आवेदन अस्वीकृत हुनेछ ।
संयुक्त अरब इमिरेट्सले हाल भिजिट भिसामा रोक लगाएको छ भने वर्किङ भिसामा कडाइ बढाएको छ ।
मलेसिया लगायतका अन्य देशहरूले पनि कडाइ गर्दै आएका छन्, जसको कारण गत भदौमा नेपालमा भएको जेनजी आन्दोलन र कैदीबन्दी भाग्ने घटनालाई देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















