images
images
  • जेन्जी आन्दोलन : जलेर ज्यान गुमाएका ७ शवको डिएनए पत्ता लगाउन सकेन अस्पतालले

    काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेका सात शवबाट डीएनए नमुना निकाल्न असमर्थ भएको जनाएको छ।

    शव पूर्ण रूपमा जलेर कंकाल र खरानी मात्र बाँकी भएकाले परीक्षण सम्भव नभएको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।

    अस्पतालमा खरानी अलग पोका बनाएर राखिएको र अब प्रहरीको प्राविधिक टोलीले थप प्रक्रिया अघि बढाउने उनले बताए ।

    मृतकको पहिचानका लागि परिवारसँग डीएनए मिलान गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

    प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या देशभर ७६ पुगेको प्रहरीले जनाएको छ ।

    यी सात शवबाहेक अन्य सबै मृतकको पहिचान र अन्त्येष्टि भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images