काठमाडौं- आज (असोज १४) देशका धेरै साना नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ । यी जिल्लामा बग्ने साना नदीमा पानीको सतह उल्लेख्य बढ्ने चेतावनी दिइएको छ ।
त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, चितवन, नवलपरासी (पूर्व–पश्चिम), रुपन्देही, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, प्युठान, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका साना नदीमा पनि पानी बढ्ने मध्यम सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















