काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाबाहिर निर्मित फिल्ममा १०० प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन् ।
यो निर्णयलाई भारतसहित धेरै देशको चलचित्र उद्योगका लागि ठूलो झट्का मानिएको छ ।
यसअघि औषधिमा पनि यस्तै महसुल घोषणा गरेका ट्रम्पले विदेशी कम्पनीले अमेरिकी फिल्म उद्योगबाट ‘चोरी’ गरेको आरोप लगाएका छन् ।
उनले क्यालिफोर्नियाका गभर्नरलाई कमजोर ठहराउँदै विदेशी फिल्म नै राज्यलाई बढी प्रभावित पार्ने कारण भएको बताए ।
घोषणापछि नेटफ्लिक्स र वार्नर ब्रदर्स डिस्कभरीसहित ठूला कम्पनीको सेयर घटेको छ ।
विश्लेषकका अनुसार, १०० प्रतिशत महसुलले अमेरिकी सिनेमाघरमा विदेशी फिल्म महँगो पर्नुका साथै विश्वव्यापी वितरणमा असर पार्नेछ ।
विदेशी निर्माता–वितरकले यो कदमलाई व्यापारमा हस्तक्षेप र अन्तर्राष्ट्रिय सहकार्यका लागि हानिकारक भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















