ललितपुर- नख्खु कारागारले भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा रवि लामिछानेसँगै फरार भएका कैदीबन्दीलाई फर्कन अपिल गरेको छ ।
कारागार प्रमुख सत्यराज जोशीका अनुसार १,२८० मध्ये हालसम्म ५८७ जना फर्किएका छन् भने करिब ५० जना अन्य कारागारमा रहेको पाइएको छ। अझै ६५१ जना फरार छन् ।
यसअघि भदौ २६ गते सार्वजनिक अपिल गरिएकोमा विभागको निर्देशनअनुसार असोज २० गतेसम्म नफर्के कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
कारागारले कैदीबन्दीका परिवार, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यमलगायतलाई सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















