images
images
  • ललितपुर प्रहरी परिसर प्रमुखको जिम्मेवारीमा एसएसपी बोगटी

    काठमाडौ- प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका छन् ।

    प्रहरी प्रधान कार्यालयको आइतबारको पत्रअनुसार बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन् ।

    नियुक्तिपछि एसएसपी बोगटीले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न नेपाल प्रहरी कटिबद्ध रहने बताए ।

    उनको सरुवासँगै जिल्ला प्रहरी परिसरमा आयोजित स्वागत कार्यक्रममा प्रहरी अधिकारीहरूले बोगटीको अनुभवले ललितपुरमा अपराध न्यूनीकरण र सुरक्षामा थप प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images