images
images
  • नेतृत्व त्याग्ने कुरै सुन्दैनन् ओली, भन्छन्- महाधिवेशनले सबै निर्णय गर्छ

    काठमाडौं- नेकपा (एमाले) भित्र पुनर्गठनको माग तीव्र बन्दै गएको छ।

    भदौ २३–२४ को ‘जेन–जी विद्रोह’ पछि सुरु भएको बहस हाल सचिवालय तहमा झन् प्रष्ट बनेको छ ।

    सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरूले पुनर्गठनको धारणा प्रस्तुत गरेका छन् ।

    असोज १२ को सचिवालय बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङसम्मले समेत पार्टीलाई नयाँ ढाँचामा लैजानुपर्ने संकेत गरेका थिए ।

    बहसको केन्द्र भदौ २३–२४ को घटनामै रहेकाले त्यसलाई आधार मानेर पुनर्गठनको स्वर बलियो भएको हो ।

    बैठकले असोज १९–२० मा पुनः बस्ने निर्णय गरेको छ भने त्यसपछि केन्द्रीय कमिटी बैठकमार्फत असोज २७–२९ मा विस्तृत समीक्षा र आगामी कार्ययोजना तय हुनेछ ।

    यता, अध्यक्ष ओलीले तत्काल महाधिवेशनमा जाने तयारी गरेको उनको निकट स्रोतको दाबी छ ।

    ओलीसँग केन्द्रीय कमिटी र तहगत प्रतिनिधिमा बहुमत रहेकाले महाधिवेशनमार्फत फेरि अध्यक्ष बन्ने रणनीति बनाएको बुझिएको छ ।

    प्रदीप ज्ञवालीलगायत नेताहरूले पनि छिट्टै महाधिवेशनको मिति तोकिने संकेत गरेका छन् ।

    तर, आगामी केन्द्रीय कमिटी र ११औं महाधिवेशन ओलीका लागि सहज नहुने एमालेभित्रै चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images