images
images
  • सुख्खा पहिरो खरेपछि सडक अवरुद्ध

    चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज फेरि सुक्खा पहिरो खसेको छ ।

    अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

    उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ ।

    अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images