images
images
  • फरार कैदीलाई २० गतेभित्रै फर्किन निर्देशन, आश्रय दिनेलाई कारबाही गर्ने चेतावनी

    कैलाली- कैलालीमा फरार कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार वा प्रहरीले सम्पर्कमा आउन समय दिइएको छ ।

    यो म्यादसम्म नआए कारागार ऐन र कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    साथै, फरारलाई लुकाउने वा आश्रय दिने व्यक्तिहरूलाई पनि कारबाही गरिनेछ ।

    सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीबन्दी खोजी र पक्राउ कार्यदल गठन भइसकेको छ ।

    प्रशासनले सर्वसाधारणलाई पनि सहयोग गर्न र जानकारी भए प्रहरी वा १०० नम्बरमा गोप्य रूपमा खबर गर्न आग्रह गरेको छ ।

    जेनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए, जसमा ३२७ जना फिर्ता भइसकेका छन् ।

    कतिपय फरार अन्य जिल्लाका कारागारबाट पनि भएका थिए र केही फेरि अन्य जिल्लाका कारागारमा फिर्ता पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images