काठमाडौ- डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् लिएका उपभोक्तालाई बक्यौता महसुल बुझाउने समयसीमा कार्तिक २ गतेसम्म तोकेको छ ।
असोज १२ मा प्रकाशित सूचनामा २१ दिन म्याद भनिएको थियो, तर त्रुटि देखिँदा मिति संशोधित गरिएको हो ।
व्यापारीहरूले तोकिएको समयभित्र महसुल बुझाउनुपर्नेछ । सार्वजनिक बिदाका दिनमा पनि काउन्टर खुला रहने व्यवस्था छ भने विद्युतीय माध्यमबाट पनि भुक्तानी गर्न सकिनेछ ।
प्राधिकरणले उपभोक्तालाई समयभित्र बक्यौता बुझाउन आग्रह गरेको छ । तर केही व्यापारीहरूले यसलाई जबरजस्तीको रूपमा लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















