काठमाडौं- काष्ठमण्डप नजिक बिहान साढे ४ बजे लागेको आगलागी करिब साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
डीएसपी पूर्णिमा चन्दका अनुसार भिमसेनस्थानस्थित मोहन शाहको दुईतले घरमा रहेको कपडाको गोदामबाट आगो सुरु भएको हो ।
आगलागी तीन घर र एक मन्दिरसम्म फैलिएको थियो ।
नेपाली सेना, काठमाडौं-भक्तपुरका ९ दमकल र ३ पानी ट्यांकी प्रयोग गरी बिहान ९:१० मा आगो निभाइयो ।
क्षतिको विवरण संकलन भइरहेको छ भने आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्






















