ललितपुर- भदौ २३-२४ मा भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट १,२८० कैदीबन्दी फरार भएका थिए ।
अहिले सम्म ५८७ जना स्वेच्छाले फर्किएका छन् भने अझै ६५१ जना फरार छन् ।
कारागार व्यवस्थापन विभागले उनीहरूलाई असोज २० गतेसम्म आत्मसमर्पण गर्न आग्रह गरेको छ ।
तोकिएको समयभित्र नफर्के कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।
फरार कैदी फिर्ता गराउन परिवार, स्थानीय तह, सुरक्षा निकाय र सञ्चार माध्यमलाई सहयोग गर्न पनि विभागले अनुरोध गरेको छ ।
फरारहरूले नजिकैको प्रहरी कार्यालय वा कारागारमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















