images
images
  • फोर्स गाडी दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते

    अर्घाखाँची- अर्घाखाँचीमा फोर्स गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको गाडी सन्धिखर्क–९ टारीमा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीका अनुसार गुल्मी मदाने–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने–७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।

    २४ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने एकलाई बुटवल रिफर गरिएको र अन्यको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images