images
images
  • काष्ठमण्डपमा भीषण आगलागी, नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन

    काठमाडौं- काठमाडाैंको काष्ठमण्डपनजिकै सोमबार बिहान आगलागी भएको छ ।

    बिहान करिब ३ बजेदेखि सुरु भएको आगलागीले तीनवटा घर र एक मन्दिरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

    आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीसमेत परिचालन भई आगो निभाउने कार्य भइरहेको छ ।

    आगो कपडाको गोदामबाट सुरु भएको अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images