काठमाडौं- चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार प्रकरणमा मृत्युदण्ड सजाय सुनाइएको छ ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार, उनले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी घुसस्वरूप नगद र सम्पत्ति लिएका थिए ।
अदालतले ताङलाई दुई वर्षको समयावधिसहित मृत्युदण्ड दिँदै उनका सम्पूर्ण राजनीतिक अधिकार खोसिएको र सम्पत्ति जफत हुने निर्णय गरेको छ ।
घुसमार्फत संकलन भएको सम्पत्ति राष्ट्रकोषमा बुझाइनेछ ।
अदालतले यो भ्रष्टाचार प्रकरणले राष्ट्र र जनतामाथि गम्भीर असर पारेकाले मृत्युदण्ड आवश्यक ठहरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















