काठमाडौं– नेपाल प्रहरीले विभिन्न सामाग्री खरिदका लागि आह्वान गरेको टेन्डर विवादित भएपछि रद्द गरिएको छ ।
१२ असोजमा प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै टेन्डर रद्द भएको जानकारी दिएको हो ।
प्रहरीले चुस्त ड्रेस, बुट, पार्का ज्याकेट, म्याट्रेस, ट्र्याक सुट, स्वेटर, स्लिपिङ ब्याग लगायत २५ प्रकारका सामान खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।
तर छानबिनमा पुरानै आपूर्तिकर्ता कम्पनीलाई मात्र ठेक्का पाउने गरी स्पेसिफिकेसन बनाइएको देखिएपछि यो टेन्डर रद्द गरिएको हो ।
अनुसन्धानले अन्य कम्पनीहरुलाई प्रतिस्पर्धामा सहभागी हुन रोक्ने गरी प्रक्रिया सञ्चालन गरिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्






















