नयाँ दिल्ली– तमिल वेट्री कडगम (टीभीके)का अध्यक्ष एवम् अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका छन् ।
दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एकसमा उनले एउटा पोस्टमा लेखेका छन् ।
उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको छ ।
‘यस्ता ठुलो हानी हेर्दा यो राशिको कुनै अर्थ छैन ।
तर पनि यो समय तपाईँको परिवारको सदस्यको नाताले मेरो कर्तव्य हो कि म तपाईँहरूको साथमा उभिरहुँ ।’
पोस्टमा विजयले लेखका छन् ।
भागदौडमा ३९ जनाको मृत्यु भएको तमिलनाडुका स्वास्थ्य सचिव पी सेन्थिल कुमारले बताए ।
मर्नेमा १७ जना महिला, १३ जना पुरुष, ४ जना केटा र ५ जना कटी भएको बताइएको छ ।
३० जना मृतकको पोष्टमार्टम भइसकेको अनि उनीहरूको शव पनि परिवारलाई सुम्पिसकेको पनि उनले बताए ।


विश्व खबर 




















