काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार राति संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै पहलगाममा आतंकवादी हमलाको निन्दा गरेका छन् ।
हमलाबारे उनले पाकिस्तानतर्फ संकेत गरे । पाकिस्तान आतंकवादको केन्द्र भएको उनले आरोप लगाए ।
भारतीय विदेशमन्त्रीले पाकिस्तानमा आतंकवादीको खुलेआम गुणगान गरिने जिकिर गरे ।
पाकिस्तानमा दशकौँदेखि ठूला अन्तर्राष्ट्रिय आतंकवादी हमलाको जरो रहेको उनले आरोप लगाए ।
उनले आतंकवादी संरचना नष्ट गरिनुपर्नेमा जोड दिए ।
आतंकवादीसँगको लडाइँ सधैँ भारतको प्राथमिकतामा रहेको उनले बताए ।
जयशंकरले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सुधारको माग पनि गरे ।
राष्ट्रसंघका सदस्य चार गुणाले बढेको उनले बताए ।
अब स्थायी सदस्यको संख्या पनि बढाउनुपर्ने उनले माग गरे ।
उनले आफ्नो भाषणमा ‘इन्डिया’को सट्टा ‘भारत’ शब्दको प्रयोग गरेका थिए ।
जयशंकरले पहलगाम हमलाको उल्लेख गर्दै यो सीमापार आतंकवादको हालैको उदाहरण भएको बताए ।
भारतले आतंकवादबाट आफ्ना मानिसको रक्षा गर्ने अधिकार प्रयोग गरेको उनको भनाइ थियो ।


विश्व खबर 




















