काठमाडौं– नेकपा (एमाले)का नेता कर्णबहादुर थापाले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको जेन–जी आन्दोलनपछिको पहिलो सम्बोधन भोलिपल्ट प्रतिक्रिया दिँदै भनेका छन् कि केवल धम्की र हावादारी गफले देश चल्दैन ।
थापाले भने, “खास उमेर समूहको धम्कीले देश अघि बढ्दैन । उडन्ते र हावादारी गफले पनि देश बन्दैन । अहिले बोलिमा स्पष्टता र आत्म–संकल्प आवश्यक छ ।” उनले इतिहासलाई उदाहरणको रूपमा लिएर जोड दिएका छन्, “संसार जित्न हिँडेको हिटलर आफैंले बनाएको बङ्करमा आत्महत्या गर्न बाध्य भएको देखिएको छ ।”
थापाले नेपालकै इतिहासका शक्तिशाली व्यक्तित्वहरू भिमसेन थापा र जङ्गबहादुरको मृत्युलाई पनि सम्झाउँदै थपे, “त्यसैले कुनै पनि किसिमको शक्ति प्रदर्शनले काम चल्दैन। देशलाई सही विचार र न्यायोचित मार्गले मात्र अघि बढाउन सकिन्छ, र त्यही सबैका लागि स्वीकार्य हुन्छ ।”