images
images
  • माओवादी बैठक : नेताहरूको प्रस्तावमाथि समूह नेताले निष्कर्ष सुनाउँदै

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि आज जारी छ ।

    काठमाडौंस्थित प्रज्ञा भवनमा जारी बैठकमा नेताहरूले प्रस्तुत गरेका प्रस्तावमा समूहका नेताहरूले निष्कर्ष सुनाइरहेका छन् ।

    बैठकको पहिलो दिन बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा संगठनात्मक प्रस्ताव तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव प्रस्तुत गरेका थिए ।

    बिहीबार नै १० वटा समूह बनाएर प्रस्तुत प्रस्तावमाथि अबेरसम्म छलफल गरिएको थियो ।

    छलफलबाट निकालिएको निष्कर्षसहितको समूह नेताहरूले आज धारणा राखिरहेका हुन् ।

    नेताहरूका अनुसार, आजको बैठकबाट प्रचण्डको प्रस्ताव पारित हुने सम्भावना छ ।

    प्रचण्डको प्रस्तावमा श्रेष्ठ र शर्माले असहमति जनाए पनि अधिकांश केन्द्रीय सदस्यको समर्थन रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    प्रचण्डको प्रस्ताव पारित भएपछि महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेर महाधिवेशनको तयारीमा जुट्ने माओवादीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images