images
images
  • माइक्रोसफ्टले इजरायली सेनालाई दिँदै आएका केही सेवाहरू बन्द

    काठमाडौं– माइक्रोसफ्टले इजरायली सेनालाई दिँदै आएका केही सेवाहरू बन्द गरेको छ ।

    एक अनुसन्धानमा इजरायलले कम्पनीको क्लाउड कम्प्युटिङ प्रविधि प्यालेस्टिनीहरूको सामूहिक निगरानीका लागि प्रयोग गरेको खुलासा भएपछि यो कदम चालिएको सीएनएनले जनाएको छ ।

    कम्पनीको ब्लगमा पोस्ट गरिएको विज्ञप्तिमा माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले कम्पनीले इजरायलको रक्षा मन्त्रालयअन्तर्गतको एक इकाईलाई प्रदान गर्दै आएको केही सेवाहरू बन्द र निष्क्रिय गरेको जानकारी दिएका छन् ।

    यो कदम द गार्डियन र इजरायलको प्लस९७२ म्यागजिनद्वारा अगस्टको सुरुमा प्रकाशित रिपोर्टपछि आएको हो ।

    उक्त रिपोर्टमा इजरायलको सैन्य गुप्तचर इकाईले गाजा र कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टिनीहरूले गरेका करोडौं फोन कलहरू भण्डारण गर्न माइक्रोसफ्ट एजुरमा निर्भर रहेको उल्लेख गरिएको थियो ।– सीएनएन

    प्रतिक्रिया दिनुहोस्
    images
    images