images
images
  • कात्तिक ३० सम्म मतदाता नामावली संकलन गर्ने

    काठमाडौं– निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०)सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

    बिहीबार (असोज ९) बसेको आयोग बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिएको हो ।

    “कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ ।

    आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्,” कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसित भने ।

    निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो ।

    आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images