images
images
  • विमानस्थलमा अनधिकृत ड्रोन देखिएपछि उडान रद्द

    काठमाडौं– डेनमार्कको उत्तरी भागमा रहेको आल्बोर्ग विमानस्थलमा अनधिकृत ड्रोन देखिएपछि विमानस्थल बन्द गरिएको छ ।

    स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले यस्तो खबर लेखेको छ । दक्षिणी क्षेत्रका तीनवटा साना विमानस्थल – एसब्यर्ग, सोनडरबर्ग र स्क्रिडस्ट्रपमा पनि ड्रोन गतिविधि देखिएको थियो, । तर ती विमानस्थलहरू बन्द गरिएको थिएन ।

    यो घटना यसै हप्ताको सुरुवातमा कोपेनहेगन विमानस्थल पनि ड्रोन प्रवेशका कारण बन्द भएपछि आएको हो । त्यो बेला प्रधानमन्त्रीले यसलाई ‘डेनमार्कको पूर्वाधारमाथिको अहिलेसम्मकै सबैभन्दा गम्भीर आक्रमण’ भनेका थिए । प्रहरीले ती ड्रोन जमिनबाटै देखिने अवस्था रहेको बताउँदै यस गतिविधि मजाक नभएको जनाएका छन् । उनीहरूले ड्रोन कसले नियन्त्रण गरिरहेको हो र यसको उद्देश्य के हो भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

    कम्तीमा तीनवटा उडान आल्बोर्ग विमानस्थलबाट अन्यत्र मोडिएका छन् । अधिकारीहरूका अनुसार, यो विमानस्थल सैनिक आधारका रूपमा पनि प्रयोग हुने भएकाले डेनमार्कको सशस्त्र बल पनि प्रभावित भएको छ । नर्थ ज्युटल्यान्ड प्रहरीले विज्ञप्ति जारी गर्दै आल्बोर्गस्थित अवस्थालाई नजिकैबाट अनुगमन गरिरहेको जनाएको छ । तर कति वटा ड्रोन संलग्न छन् भन्नेबारे भने उनीहरूले केही खुलाउन सकेका छैनन् ।

    ‘हामी अहिले सम्म यस क्षेत्रमा उडिरहेका ड्रोनहरूको उद्देश्यबारे केही भन्न सक्दैनौं, न त यसका पछाडि को अभिनेता छ भन्नेबारे नै केही भन्न सक्छौं’, प्रहरी प्रमुख इन्स्पेक्टर जेपर बोजगार्ड माडसेनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images