images
images
  • प्रधानमन्त्री कार्की र बालेनबीच के भयो कुरा ?

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटरमा भेटेका छन् ।

    बुधवार भएको भेटवार्तामा मेयर शाहले प्रधानमन्त्री कार्कीलाई मुख्यत दुई विषयमा ध्यानाकर्षण गराएका थिए ।

    भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको गोली प्रहारको घटनामा कारबाही र जेनजीले उठाएका माग सुन्नुपर्ने कुरा उनीहरूले उठाएका थिए ।

    विशेषगरी, भदौ २३ गते काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो ।

    स्रोतका अनुसार मेयर शाहले प्रधानमन्त्री कार्कीलाई सोधेका थिए कि यस घटनामा दोषीहरूको छानबिन किन ढिलाइ भएको छ र अहिलेसम्म दोषीमाथि किन कारबाही गरिएको छैन ।

    साथै, उनले सरकारले जेनजीहरूले उठाएका मागहरू सुन्नुपर्ने पनि बताए ।

    यसैबीच, सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images