काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पेरिसडाँडामा बस्दैछ ।
बैठकमा विशेष महाधिवेशन आयोजक समिति गठनलगायत विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन मूल आयोजक समिति गठन गर्ने र त्यसको संयोजक आफैं रहने प्रस्ताव गरेका थिए ।
तर, उपमहासचिव जनार्दन शर्माले वरिष्ठ नेतालाई संयोजक बनाउनुपर्ने सुझाव दिएका छन् ।
भदौ २३–२४ को ‘जेनजी’ आन्दोलनपछि माओवादीभित्र नेतृत्व परिवर्तनको दबाब बढेको छ ।
यस विषयमा विधि र नीतिअनुसार छलफल हुने प्रवक्ता सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्






















