images
images
  • दिउँसाे मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

    जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

    प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।

    उनले सम्बाेधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएकाे छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ ।

    मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् ।

    प्रधानमन्त्रीको सम्बोधनअघि आज दिउँसाे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images