काठमाडौं– बाढीपहिरोका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध छ ।
बिहीबार (असोज ९) बिहान ८ बजेसम्मको अपडेटमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध छ ।
त्यहाँ ठूलो पहिरो खसेको छ ।
पहिरो पन्छाउने क्रम जारी छ ।
यही असोज ७ गते दिउँसो करिब सवा ३ बजेदेखि उक्त सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यस्तै, संखुवासभामा दुई ठाउँमा कोसी राजमार्ग अवरुद्ध छ ।
भोटखोला गाउँपालिका–४, वरुण र मकालु गाउँपालिका–३, एकुवमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुल र रुकुम पूर्वको भुमे गाउँपालिका–४, काँडाबगरमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
अरू केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेका प्रहरीले जनाएको छ ।






















