images
images
  • रविले नख्खु जेलब्रेक गरेपछि देशभरका कारागारबाट भागेका ६ हजार ८ सय कैदी अझै फरार, ७ हजार ७ सय फर्किए

    काठमाडौं– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु जेल तोडेर रास्वपा सभापति रवि लामिछाने भागेपछि देशैभरका कारागारबाट भागेका झन्डै आधा कैदीबन्दी बाहिरै छन् ।

    कारागार व्यवस्थापन विभागले बुधबार दिएको जानकारी अनुसार साढे १४ हजार ५ सय ४९ जना कैदी भागेका थिए ।

    काठमाडौँको सुनधारास्थित केन्द्रीय कारागार र नक्खु कारागारसहित २७ वटा कारागार तोडेर कैदीबन्दी फरार भएका थिए ।

    ती मध्ये ७ हजार ७ सय ३५ जना पुनः कारागार फर्काइकिएको विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले बताए ।

    अब ६ हजार ८ सय १३ जना कैदीबन्दी बाहिरै छन् ।

    देशका विभिन्न स्थानबाट पक्राउ परिरहेका छन् ।

    अहिले मुख्य सुरक्षा चुनौती नै फरार कैदीबन्दी देखिएकाले प्रहरीले पुनः पक्राउ गर्न प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

    जम्मा ३० हजार ६४१ जना कैदीबन्दी देशभरका कारागारमा छन् ।

    तर ती मध्ये १५ हजार ५२५ जना भने भागेका थिएनन् ।

    कारागारबाट भाग्ने क्रममा प्रहरी र सेनाको गोलि लागेर १० जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images