काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन् ।
बुधबारको केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष पद छोडेको घोषणा गरेका हुन् ।
बैठकले मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
महाधिवेशनको मिति भने छलफलमै रहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















