काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा आगामी महाधिवेशनसँगै नेतृत्व परिवर्तन हुने बताएका छन् ।
बुधवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि प्रचण्डले नेतृत्व परिवर्तनबारे छलफल सुरु भएको स्विकार गर्दै महाधिवेशनसम्म टुंगो लाग्ने बताएका हुन् ।
हालैको जेनजी आन्दोलनपछि पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने दबाब बढेको छ ।
सोही दबाब पार्टीभित्रै पनि देखिएको छ ।
प्रचण्डले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म पुग्दा सबै स्पष्ट हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्






















